८ कार्तिक २०८३, आइतबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभा: ६० कराेड रकमकाे आईपीओ निकाल्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल रेडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो ।

त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीका संचालक शुरेश सापकोटाले सभाको अन्त्यमा धन्यवाद ज्ञापन गरेका थिए ।