८ कार्तिक २०८३, आइतबार

वामदेवद्वारा नयाँ पार्टी घोषणा ! कार्यसमितिमा पत्नी–पूर्वडन–सजाय पाएकाहरू मनोनीत

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएका छन् ।

गौतमले अभियानको सह–संयोजकमा हरि पराजुलीलाई तोकेका छन् । सचिवको जिम्मेवारी बाबुराम थापालाई दिइएको छ ।

गौतमले ‘पूर्व गुण्डा नाइके’ले परिचित एवम् गण्डकी प्रदेशका स्वतन्त्र प्रदेश सांसद दीपक मनाङे, डोलबहादुर कार्कीलगायतलाई कार्यसमितिमा राखेका छन् । कार्की घुस काण्डमा सजाय पाएका व्यक्ति हुन ।

गौतमले केन्द्रीय कार्यसमितिमा आफ्नी पत्नी तुलसा थापालाई समेत राखेका छन् । गौतमले भ्रष्टाचार अभियोगमा सजाय पाएका व्यक्तिलाई पनि राखेका छन् । गौतमले विभिन्न जिल्लाहरूमा ईञ्चार्ज पनि तोकेका छन् ।

गौतमको कार्यसमितिमा गंगा चौधरी सत्गवा, इन्दिरा पन्त, डिबी कार्की,  ताजमोहम्मद मियाँ, तुलसी थापा मनोनीत भएका छन् । तुलसी थापा संयोजक गौतमकी पत्नी पनि हुन् ।

जग्गा कारोबारी प्रकाश आचार्यलाई पनि गौतमले कार्यसमितिमा राखेका छन् ।