
काठमाडौँ, २ फागुन । महालक्ष्मी विकास बैंक लि. कोे नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् ।
बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औँ बैठकले लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारीमा बढवा गर्दै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।
विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।
केन्द्रीय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रीत हुने लम्सालले बताएका छन् ।















प्रतिक्रिया