
काठमाडौं, २ फागुन । सुरक्षित आप्रवासन परियोजना ‘सामी’ले वैदेशिक रोजगारीमा जान चाहने महिला तथा पुरुषका लागि छुट्टाछुट्टै तालिम प्रदान गर्ने भएको छ ।
उक्त शीपमुलक तालिम आवासीय सुविधा (खान बस्न)सहित निःशुल्क हुने बताइएको छ । परियोजनाले डकर्मी, स्काफोल्डिङ, प्लम्बिङ, सटरिङ–कार्पेन्टिङ, इलेक्ट्रिसियन र गार्मेन्ट गरि ६ प्रकारका निःशुल्क तालिम दिन लागेको हो ।
गार्मेन्ट तालिम सिकेर जोर्डन जानका लागि लगानी समेत नलाग्ने सामीले जनाएको छ ।
सामान्य लेखपढ गर्न जान्नेले समेत लिन पाउने यो तालिम १९ देखि ३५ वर्ष उमेर समूहका पुरुष र १९ देखि ३० वर्ष उमेर समूहका महिला सहभागी हुन पाउने छन् ।
तालिम काठमाडौं, धनुषा र झापाका विभिन्न ठाउँमा सञ्चालन गरिने सामीले जनाएको छ । केही ठाउँमा तालिम सुरु भइसके पनि धेरै ठाउँमा तालिम सञ्चालनको तयारीमा छ ।
हेर्नुहोस् तालिमसम्बन्धी विस्तृत विवरण–
















प्रतिक्रिया