
काठमाडौं, २ फागुन । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान नगरी नेपालमा निर्वाचन हुनै नसक्ने जिकिर गरेको छ ।
चुनावी आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले आज बोलाएको छलफलमा सहभागी भएको प्रचण्ड–माधव समूहले यस्तो कुरा बताएको हो ।
बैठकमा सहभागी प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन् ।
‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी निर्वाचन गर्न नहुने उनको भनाइ छ ।
सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।















प्रतिक्रिया