२ कार्तिक २०८३, सोमबार

भारतमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । छिमेकी देश भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।