
काठमाडौं, २ फागुन । चुनावी आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ ।
आगामी वैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले आचारसंहितामाथि दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरुलाई बोलाइएको हो ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने आयोगको भनाइ छ ।















प्रतिक्रिया