मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले कलेज अध्ययनका बेला दिनमा दुई पटकसम्म कपडा धुने गरेको रहस्य बाहिर आएको छ ।
बुधबार दीपिकाले इन्स्टाग्राममा हितेसासँग केक बनाउने प्रतिस्पर्धा गरेको भिडिओ सेयर गरेकी छिन् । भिडियोमा दीपिका र हितेसाले केक बनाएका छन् । कुराकानीक्रममा हितेसाले दीपिकाको व्यवहारबारे खुलाएकी हुन् ।
‘कलेज दिनमा दीपिका खुबै लुगा धुन्थिन् । उनी दिनकै हामी सबै साथीहरूको लुगा बटुलेर धुन्थिन्’, उनले भनेकी छन्, ‘हाम्रो लुगा जबरजस्ती लिएर वासिङ मेसिनमा हाल्थिन् । दैनिक दुई पटक उनी लुगा धुने गर्थिन् ।’
दीपिका र हितेसा कक्षा ४ देखिका साथी हुन् । हितेसाबारे दीपिकाले केक बनाउँदै भनेकी छन्, ‘उनी सधैं उत्कृष्ट थिइन् । जे कुरामा पनि उनी अब्बल छिन् । तर यो बेकिङ एउटा यस्तो काम हो जुन उसलेभन्दा म राम्रो गर्न सक्छु ।’















प्रतिक्रिया