४ कार्तिक २०८३, बुधबार

साताको पहिलो दिन सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज आइतबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँ कमी भई छापावाल सुन तोलामा ९० हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि साताको अन्तिम दिन शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँका कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १ हजार ३३५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।