
काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस शुरु हुने भएको छ ।
विपक्षी अर्थात् सरकारी पक्षको बहस बिहीबार सकिएसँगै आजदेखि उनीहरूका तर्फबाट आएका जिज्ञासा तथा तर्कको जवाफ निवेदक पक्षले दिने भएका हुन् ।
जवाफी बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदक पक्षका बढीमा पाँच जनालाई बोल्न दिने बताइएको छ ।
नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल, हरि उप्रेती र शेरबहादुर केसीले जवाफी बहस गर्ने छन् ।















प्रतिक्रिया