१० कार्तिक २०८३, मंगलबार

प्रथम शहीद थापाको स्मृति दिवस, स्मरण गरिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेपालका प्रथम शहीद लखन थापाको १४४ औं स्मृति दिवस उनको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका– ८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।

लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ ।

स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालयस्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताए ।

जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उनलाई २०५६ सालमा शहीद घोषणा गरेको थियो । २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहीदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।