
-वि वि श्रेष्ठ
तनहुँ, १ फागुन । जनसांस्कृतिक महासंघ तनहुँको अध्यक्षमा सन्दिप परियार चयन भएको छ ।
जनसांस्कृतिक महासंघ तनहुँको आयोजनामा भएको जिल्ला भेलाले सन्दिप परियारको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको छ ।
जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य तनहुँको अध्यक्ष पृथ्वी भुजेलको अध्यक्षतमा सम्पन्न भएको उक्त भेलाको प्रमुख अतिथी नेकपा तनहुँका अध्यक्ष केदार सिग्देल रहेका थिए ।
भेलालाई सम्वोधन गर्दे प्रमुख अतिथी नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले सास्कृतिक कार्यक्रमले समाज रुपान्तरणमा सकारात्मक भुमिका खेल्नुपर्ने बताए ।
गीत संगित आफैमा जनतामा चेतना छर्ने हुनुपर्दछ । जनताको मन मस्किष्कमा वस्ने गीत संगितको क्षेत्रवाट समाज परिवर्तनमा सहयोग गर्नुपर्ने बताए ।
भेलाले उपाध्यक्षमा कल्पना भण्डारी, सचिवमा रविन्द्र खाताी, सहसचिवमा सुरज भिरखोइरे, कोषाध्यक्षमा चुडामणि थापा, सदस्यहरुमा सिमा शाही, ज्योति न्यौपाने, विष्णु मल्ल,दिर्घ खनाल, कल्पना घिमिरे, चेली माया थापा, कल्पना पाण्डे, लुम वहादुर परियार, कर्ण नेपाली, शालिकराम सुनार, सुमन श्रेष्ठ वसन्त अछामी, राम वहादुर थापा, जिवन श्रेष्ठ, पवन अधिकारी, आकृत्ति श्रेष्ठ, सरिता कुवर, सन्त वहादुर भुजेल चयन गरेको छ ।
कार्यक्रममा जनसास्कृतिक महासंघका केन्द्रिय सदस्य शुवास मल्ल, मनकुमार श्रेष्ठ, नेकपा केन्द्रिय सदस्य श्रीप्रसाद श्रेष्ठ, व्यास ४ का वडाध्यक्ष विश्व न्यौपाने, युवासंघका नेता देवान गुरुङ्ग, जिल्ला नेता प्रदिपराज अधिकारी, हरिराज कडेल, लगायतले सम्वोधन गरेका थिए भने कार्यक्रमको संचालन सचिव रविन्द्र खातीले गरेका थिए ।
















प्रतिक्रिया