१० कार्तिक २०८३, मंगलबार

मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेस स्तरीय संजाल गठन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेस स्तरीय संजाल गठन भएको छ ।

काठमाडौँ बानेश्वरको सिद्दार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेस स्तरीय संजाल गठन गरेको हो ।

करिव ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहँदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांग, अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले ,शक्ति समुहकी कार्यकारी निर्देशक बालमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समुह र संजालले आगामी दिनमा बेच बिखनमा परेका र प्रभावितहरुका लागि एक रास्ट्रिय नीति तयार गर्न वकातल र दवाव दिनुपर्ने बताउदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेकी थिइन् ।

हाल सम्म सुदुर पश्चिम ,बागमती र लुम्बिनी प्रदेस स्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेस मा पनि संजाल गठनको तयारी गरिएको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांगले जानकारी दिएकी छन् ।

पर्पल फाउन्डेसनको ऐकेवदत्तामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेस स्तरीय संजाल गठन र परिचालन मार्फत मानव बेच बिखनको सवाललाई रास्ट्रिय मुद्दाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो ।

रास्ट्रिय मानव अधिकार आयोगको मानव बेच बिखन सम्बन्धि रास्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग डेढ लाख व्यक्तिहरु जोखिममा रहेको जानकारी दिइएको थियो ।