
काठमाडौँ, १ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २१ लाख १३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया