४ कार्तिक २०८३, बुधबार

२४ घण्टामा कोरोना भाइरसका १३३ जना संक्रमित निको, मृतकको संख्या शून्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३३ जना संक्रमित निको भएर घर फर्किदा मृतकको संख्या भने शून्यमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६८ हजार ९२९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हिजो शुक्रबारसम्मको विवरण अनुसार आलसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ जना पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थप भएका छन् ।

वितेको २४ घण्टामा पीसीआर विधिबाट १ हजार ९०० जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ६१४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६३१ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख १३ हजार ५४९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ६३१ जना आइसोलेसन र ८१ जना क्वारेन्टिनमा छन् ।