४ कार्तिक २०८३, बुधबार

बुटवल आइपुगे प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका छन् ।

खासगरी नेकपाले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आएका हुन् । तर, आमसभामा जानुअघि नै उनले यहाँ निर्माण हुने बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास पनि गरेका छन् ।

यससँगै बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभामा प्रधानमन्त्री ओलीले केहीबेरपछि सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वलुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन सर्वसाधारण आउने क्रम बिहानैदेखि सुरु भएको थियो भने अहिले पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिएको छ ।