
काठमाडौं, १ फागुन । आज देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही आज उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसमक पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावले भोलिसम्म पनि देशभर आंशिकदेखि सामान्य बदली रहने तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने अनुमान पनि गरेको छ ।
वादल र तथा हुस्सुका कारण तराइ भेगमा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । बदली रहने भए पनि ठूलो वर्षाको सम्भावना भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।















प्रतिक्रिया