४ कार्तिक २०८३, बुधबार

नेकपा ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बुटवल, १ फागुन । सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा भव्य शक्ति प्रदर्शन गर्दैछ ।

नेकपाकै प्रचण्ड–नेपाल समूहले देशब्यापी आन्दोलन चर्काइरहेका बेला ओली समूहले बुटवलमा आमसभा गर्न लागेको हो । माघ २३ गते काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि विशाल सभा गरेको सो समूहले आज बुटवलमा सोही प्रकृतिको सभा गर्न लागेको बताएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका प्रदेश इन्चार्ज शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत् आजको आमसभा माघ २८ गते प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको भन्दा बृहत् हुने बताएका छन् ।

आमसभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।