काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धमाधम गुट निर्माणको गतिविधिलाई तीब्र बनाएका छन् ।
डा.कोइरालाले काभ्रेको धुलिखेलमा ८ जना केन्द्रीय सदस्यहरूलाई बोलाएर गोप्य भेला गरेका हुन् । भेलामा सभापति शेरबहादुर देउवाको आलोचना गर्नुका साथै संसद विघटनका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
माघ २७ गते डा.कोइरालाले धुलिखेलको एउटा रिसोर्टमा भेला गरिएको थियो ।
भेलामा डा.कोइरालाले गगन थापा, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परिवार र बद्री पाण्डे सहभागी थिए ।
दीपक गिरी महामन्त्री डा.शशांक कोइराला निकट मानिन्छन् । गगन थापा नेता कृष्णप्रसाद सिटौला गुटमा छन् । चन्द्र भण्डारीको गुट स्पष्ट छैन । भण्डारीले छिटोछिटो गुट परिवर्तन गर्छन् ।
धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।
कांग्रेस नेता डा.कोइरालाले सभापति देउवाको आलोचना गर्दै आएका छन् ।
१४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका डा.कोइरालाको धुलिखेल भेलाले काठमाडौंभित्र तरंग ल्याइदिएको छ ।















प्रतिक्रिया