– पूर्ण प्रसाद चौलागाईं
काठमाडौं, २९ फागुन । कुमारी आमाको कोखबाट जन्मिएका सुमन माझी यतिबेला आफ्नो अधिकार खोज्दै प्रशासन कार्यालय धाउन थालेका छन्। धनुषाको बेंगाडाबर ८ लालगढमा २२ वर्षअघि जबरजस्ती करणीबाट गर्भ बोकेकी जानकी माझीले माइतमै सुमनलाई जन्म दिएकी थिइन्। सुमन सात वर्षको भएपछि जानकीले विवाह गरिन्।
त्यसपछि सुमनको लालनपालन मामाघरमा हजुरबा र हजुरआमाले गरे। १३ वर्षको उमेरदेखि लालगढमा रहेको बौवा होटेलमा भाँडा माझेर जीविका चलाउँदै आएका सुमन अहिले महोत्तरीको बर्दिबासमा रहेको देउराली उच्च माविमा कक्षा १२ मा पढिरहेका छन्।
सानो छँंदा बुवा भएनभएको पत्तो नभए पनि ठूलो भएपछि छिमेकीले तेरो बुवा छैन भन्न थालेपछि चार वर्षअघि सुमनले आमालाई भेटेर आफ्नो बाबुका बारेमा सोधखोज गरेका थिए।
त्यसैबेला उनले आफ्नो बाबु बेंगाडाबर ९ निवासी सुमन गजुरेल रहेको पत्तो पाएको बताए। आमाले बाबु चिनाए पनि गजुरेलले भने उनलाई छोरो स्वीकारेनन्।











प्रतिक्रिया