
काठमाडौं, ३० माघ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् भने सोही अवधिमा १३६ निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ जना संक्रमितले मृत्यु सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ हजार ५४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप डिस्चार्ज भएका १३६ जनासहित हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ जना पुगेको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२७ जना नयाँ संक्रमित थप भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७०७ छ । हालसम्म नेपालमा २१ लाख ११ हजार ६४९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ ।
अहिले १ हजार ७०७ जना आइसोलेसन र ७९ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया