२ कार्तिक २०८३, सोमबार

बायर्न म्युनिकलाई फिफा क्लब विश्वकपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० माघ । जर्मन क्लब बायर्न म्युनिकले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टिग्रेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै बायर्नले क्लब विश्वकपको उपाधि जितेको हो ।

कतारको एजुकेसन सिटी रंगशालामा भएको खेलमा जर्मन क्लब बायर्नले संघर्षपूर्ण जित निकालेको छ । बायर्नका जितमा बेन्जामिन पाभार्डले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले खेलको दोस्रो हाफमा गोल गर्दै जित निकालेको छ । खेलको ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा पाभार्डले गोल गर्दै बायर्नलाई १–० को जित दिलाए ।