२ कार्तिक २०८३, सोमबार

अमेरिकामा एक सयभन्दा धेरै गाडीहरू दुर्घटना, छ जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ३० माघ । अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान चिप्लिएर सडक दुर्घटना भएको छ ।

बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन् ।

दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए ।

बरफका कारण सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन् । स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडीमाथि अर्को गाडी चढेको देखिएको छ ।

दुर्घटनामा परी घाइते भएका ३६ जनालाई अस्पताल लगिएको छ तीमध्ये ३ जनाको अवस्था गम्भीर छ । ६५ जनालाई सामान्य उपचार गरिएको छ ।