२ कार्तिक २०८३, सोमबार

चीनमा बीबीसी टेलिभिजनको प्रसारण बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० माघ । चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।

सिन्जियाङका अल्पसङ्ख्यकको उत्पीडन र कोरोना महामारीबारे गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारणमाथि रोक लगाएको बीबीसीले जनाएको छ ।

चीनमा बीबीसी टेलिभिजनले कोरोना भाइरस महामारी र त्यहाँको सरकारबारे आलोचना गर्दै आएको छ ।

चीनले आफ्नो प्रसारणमा रोक लगाएको प्रति बीबीसीले भने खेद व्यक्त गर्दै बीबीसी विश्वकै सबैभन्दा विश्वसनिय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।