१० कार्तिक २०८३, मंगलबार

सप्तकोशी नदीमा बगेका घिमिरेकोे सकुशल उद्धार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २९ माघ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक वुधबार दिउँसो सप्तकोशी नदीमा बगेका एक जनाको सशस्त्र प्रहरी सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका ५ बस्ने ६० वर्षीय भुवन घिमिरेलाई सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जीवितै उद्धार गरेका हुन् ।

सुनसरी जिल्लाको हरिनगर गााउपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन ।

सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि उनले तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए ।

उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको छ ।