
काठमाडौं, २९ माघ । काठमाडौंका स्थानीय युवा सुजन पौडेल र रुकुमपश्चिमकी एक महिला हिजो बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ का ३० वर्षीय पौडेल र रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ की ४५ वर्षीयाा महिला मृत अवस्थामा फेला परेका हुन् ।
बुढानिलकण्ठ नगरपालिका–१३ पुतली डाँडामा पौडेलको शव भेटिएको प्रहरीले बताएको छ । यस्तै चौरजहारी नगरपालिका–८ कै एक जंगलमा घर्तीको शव भेटिएको प्रहरीले बताएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया