४ कार्तिक २०८३, बुधबार

सरकारले देशलाई मुठभेडमा लैजान खोजेको नेता जनार्दन शर्माको आरोप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकार’ले देशलाई सरकारले मुठमेडमा लैजान खोजेको आरोप लगाएका छन् ।

आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

उनले झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मुठभेडमा लगी आफ्नो निहीत स्वार्थ पूरा गर्ने षड्यन्त्र रचेको समेत आरोप लगाएका छन् ।

‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेडमा लगेर आपनो निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो’, शर्माले लेखेका छन् ।

केही दिनअघि गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे चर्को र अमर्यादित टिप्पणी गरेकी थिइन् ।

सोही टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएको थियो ।

यसैबीच आज बिहीबार प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको छ ।