४ कार्तिक २०८३, बुधबार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी कार्यकर्ताबाट कुटिए

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरीमाथि उनका कार्यकर्ताबाट आक्रमण भएको छ ।

कार्यकर्ताको आक्रमणबाट एकजना सादा पोशाकका प्रहरी घाइते भएको बताइएको छ ।

राष्ट्रपति संस्थामाथि लाञ्छना लगाउनेगरी झाँक्रीले अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले बोलाएको थियो । तर आफै प्रहरीकोमा नगएकी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको शंखमुलस्थित निवासमै पुगेको थियो ।

तर, प्रहरीसँगै पुगेको कार्यकर्ताको भीडले झाँक्रीलाई पक्राउ गर्नबाट अहिलेसम्म बचाइराखेको छ भने पक्राउका लागि अगाडि बढेको एकजना प्रहरी जवानमाथि कुटपीट गरेर घाइतेसमेत तुल्याएको छ ।

कार्यकर्ताहरुले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नारा लगाइरहेका छन् ।

झँक्री भने सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहेकी छिन् ।