४ कार्तिक २०८३, बुधबार

भागरथीलाई न्याय माग्दै राजधानीका दुई क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै राजधानी काठमाडौंका दुई वटा क्याम्सका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंको ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसका नेपाल विद्यार्थी संघका विद्यार्थीले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेको बताएका छन् । नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोणसभा गरेका छन् ।