काठमाडौं, २९ माघ । ४० वर्षमुनीका महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी अध्यागमन विभागले तयार पारेको कार्यविधि संशोधनविरूद्ध महिलाहरूले आज विरोध प्रदर्शन गर्ने भएका छन् ।
एक्लै विदेश भ्रमणमा जाने ४० वर्षमुनीका महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएकोमा त्यसले समानताको हकलाई कुण्ठित गरेको भन्दै बिहीबार दिउँसो १ बजे विरोध प्रदर्शन गरिने भएको हो ।
विभागले यस्तो कार्यविधि अघि सारेपछि आलोचना भइरहेको छ । सरकारले स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने हक छिनेको भन्दै महिलाहरूले विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।











प्रतिक्रिया