काठमाडौं, २९ माघ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने जनाएको छ ।
पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी पर्ने छैन ।
पश्चिमी भू–भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य पानी र हिउँ परेको थियो ।
देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । तत्काल तापक्रम बढ्ने छैन ।
बिहीबार काठमाडौंसहित देशका धेरै ठाउँमा दिनभरि बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया