लण्डन, २९ माघ । म्यानचेस्टर सिटी, लेस्टर सिटी, एभर्टन र शेफिल्ड युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–१ ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि वाल्करले ३० औँ, रहीम स्ट्रर्लिङ्गले ४७ औँ तथा गाब्रियल जिससले ५० औँ मिनेटमा गोल गरे ।
स्वान्सीका लागि ह्वाइटेकरले ७७ औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै टोटनह्यामलाई अतिरिक्त समयमा धकेलिएको खेलमा ५–४ ले पराजित गरेर एभर्टन पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
टोटनह्यामका लागि डेभिन्सन सान्चेजले तेस्रो र ५७ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै लामेलाले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेट तथा ह्यारी केनले ८३ औँ मिनेटमा गोल गरे ।
एभर्टनका लागि काल्भर्ट–लेविनले ३६ औँ, रिचार्लिशनले ३८ र ६८ औँ, सिगुर्ड्सनले ४३ औँ तथा बेर्नार्डले ९७ औँ मिनेटमा गोल गरेका हुन् ।
इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा इहिनाचोको गोलको सहयोगमा ब्राइटनलाई १–० ले पराजित गरेको लेस्टर सिटीले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।
यसैगरि शेफिल्ड युनाइटेडले पनि ब्रिस्टोल सिटीलाई १–० ले पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएको छ ।















प्रतिक्रिया