काठमाडौं । ‘लप्पन छप्पन २’ले आफ्नो दोस्रो टिजर सार्वजनिक गरेको छ ।
लप्पन छप्पन २ ले प्रदर्शन मितिसहित दोस्रो टिजर सार्वजनिक गरिएको हो । चलचित्र चैत २७ गतेदेखि हलमा लाग्नेछ ।
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मको टिजरमा सौगात मल्ललाई प्राथमिकता दिइएको छ ।
द्वन्द्वात्मक विधामा बनेको चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।
खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुतिमा बनेको चलचित्रको पटकथा, संवाद निर्देशक समेत रहेका भट्ट र सुनिल नेउरेले मिलेर लेखेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन देख्न सकिन्छ ।















प्रतिक्रिया