
काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फगुन ७ गतेअगावै पार्टी एकीकरणको काम सम्पन्न गर्ने जनाएको छ ।
राप्रपाका तीनजना अध्यक्षहरू सम्मिलित हालैको बैठकले समायोजन गर्न बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने, फागुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।
यस्तै पार्टी एकीकरणका काम सकिएपछि फागुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्दै भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने निर्णय समेत राप्रपाले गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।















प्रतिक्रिया