
काठमाडौं, २७ माघ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हालका निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनेका थिए । अहिले उनै शाक्यलाई प्रमुखको जिम्मेवारीमा ल्याइएको हो ।















प्रतिक्रिया