८ कार्तिक २०८३, आइतबार

‘दाहाल–नेपाल’लाई तनाब हुने ओली सरकारको बोल्ड निर्णय

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । निर्वाचनमा अन्यौल बढिरहेका बेला सरकारले वैशाखमा हुने निर्वाचनका लागि विभिन्न निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्नेछ । वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

वैशाख १७ गते कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछ ।

वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले पुस ५ गते संसद भङ्ग गरेर वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपालसहितका नेताहरूले निर्वाचन हुँदैन भनिरहेका बेला सरकारले दुई चरणमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

ओलीले वैशाखमा हुने निर्वाचनबाट ताजा जनादेशका साथ सरकार चलाउने दाबी गर्दै आएका छन् ।

सर्वोच्च अदालतमा संसद भङ्ग भएको मुद्धामा सुनुवाई हुँदै आएको छ । सरकार भने निर्वाचनको तयारीमा छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संसद पुनःस्थापनाको पक्षमा छ ।