२ कार्तिक २०८३, सोमबार

म्यानमारमा सेनाद्वारा प्रदर्शनमा संयमता अपनाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ माघ । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ । प्रदर्शनकारीले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।

सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउनेभन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।