काठमाडौं, २७ माघ । पुष्पकमल दाहाल–माधव नेपाल नेतृत्वको नेकपाले माघ २८ गते बुधबार काठमाडौंमा गर्न लागेको जुलुसहरूका लागि नेताहरूलाई खटाएको छ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै दाहाल–नेपाल समूहले विरोध प्रदर्शन गर्न लागेको छ ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जनाएको छ ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।
त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।











प्रतिक्रिया