६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली पार्टी फुटेपछि पहिलो पटक आयोग जाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली निर्वाचन तयारी र पार्टीको विवादलगायतका विषयमा कुराकानी गर्न आज निर्वाचन आयोग जाने भएका छन् ।

ओली बिहान ११ बजे आयोग जाने तयारीमा छन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो । दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । ओलीले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् ।

चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ ।