
मुम्बई, २६ माघ । पोर्न भिडियो बनाएको आरोपमा भारतीय नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् ।
पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गहना वशिष्ठले ८७ वटा अश्लिल (पोर्न) भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।
जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैयाँ तिर्नुपर्छ । साउथको कयौं फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा देखिदै आएकी थिइन् ।
मिस एशिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।
















प्रतिक्रिया