
काठमाडौं, २६ माघ । फेसन पारखीहरुलाई लक्षित गर्दै फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छिन् ।
उक्त बुटिकको शनिबार एक औपचारिक समारोहबीच नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राईले उद्घाटन गरेकी छिन् । ‘मलाई यो बुटिक निकै राम्रो लाग्यो’, उद्घाटनपछि मेलिनाले भनिन्, ‘अबदेखि म पनि यही बुटिकमा आउने छु ।’
उनले आफू खासै फेसन कन्सस नभए पनि पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेकाले आगामी दिनमा रानी बुटिकको डिजाइनलाई अवलम्बन गर्ने बताइन् ।

कोरियन फेसकी यी सुन्दर गायिका ‘रानी बुटिक’ले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् । उनकै लागि नगरिएको भए पनि रिल्भर गाउनमा गायिका मेलिना खुलेकी थिइन् । उनले भनिन्, ‘मलाई यो गाउनले पनि सुहाएको छ है ।’ बुटिक सञ्चालनमा ल्याएको उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिइन् ।
फेसन डिजाइनर प्रविना बागबजारस्थित आईआईएफटी (फेसन अफ स्कुल’की विद्यार्थी हुन् । आईआईएफटीका फेसन कोर्ष सकेपछि आफूले बुटिक सञ्चालनमा ल्याएको बताइन् ।

बुटिक उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेञ्जिङ शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो ।















प्रतिक्रिया