४ कार्तिक २०८३, बुधबार

करिब १० लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषधि बरामद

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २६ माघ । बिराटनगर महानगरपालिका–५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरु आइतबार राति प्रहरीले बरामद गरेको छ ।

सोही महानगरपालिका–१० न्युरो अस्पताल पछाडि राजेन्द्र साहको घरमा अबैध औषधि भण्डार गरेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्दा घरमा भण्डार गरी राखेको अवस्थामा उक्त औषधिहरु फेला पारी बरामद गरेको हो ।

साथै थप अनुसन्धानका लागि उक्त औषधिहरु रेखदेख गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।