४ कार्तिक २०८३, बुधबार

मौसम सफा भएसँगै काठमाडौंमा तापक्रम बढ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । केही दिन बादल लाग्नुका साथै पानी समेत परेर मौसम सफा भएसँगै काठमाडौं उपत्यकामा आज हिजोको तुलनामा तापक्रम वृद्धि भएको छ ।

हिजो बिहान १ डिग्री सेल्सियसमा झरेको तापक्रम आज २ दशमलव ७ डिग्री सेल्सियसमा उक्लिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान साढे ६ बजेको तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको हो । सोही समयमा हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो ।

आज दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने विभागको अनुमान छ ।

यस्तै आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।