
काठमाडौं, २६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले सीमा सुरक्षाका कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
हिजो आइतबार ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको सीमा सुरक्षा कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
त्यसका लागि विभिन्न विषयगत ऐन नियम तर्जुमा गर्नुपर्ने खाँचो देखिएको बताउँदै गृहमन्त्री थापाले भने, ‘आवश्यक स्रोत साधन, प्रविधि उपलब्ध गराउने कुरामा मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन, ४ वटै सुरक्षा निकायबीच समन्वय र सूचना आदान प्रदानका लागि संयन्त्र बनाउनु पर्ने महसुस भएको छ ।’
उक्त कार्यक्रमलाई गृहमन्त्री थापासहित प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आम नागरिकबाट आएको चासो र चिन्ता तथा कोभिड–१९ का बेला व्यहोर्नुपरेको अप्ठेरोको पाटोलाई समेत ध्यान दिँदै सीमालाई वैज्ञानिक ढङ्गबाट व्यवस्थित गर्न उचित हुने बताएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष र परोक्ष गरी ३४ वटा निकायको संलग्नता रहँदै आएको छ ।















प्रतिक्रिया