८ कार्तिक २०८३, आइतबार

उपेन्द्र–बाबुरामको पार्टी तीन टुक्रा पर्ने, एउटा समूह ओलीतिर मिसिने

17.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । संसद विघटन भएपछि मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र दुईधार देखिएको छ ।

उपेन्द्र यादव र बाबुराम भट्टराई संसद पुनःस्थापनाको पक्षमा देखिएका छन् । महन्थ ठाकुरसहितका नेताहरू निर्वाचनको पक्षमा छन् । बाबुराम र उपेन्द्रको दवावमा आन्दोलन चलिरहेको छ ।

ठाकुरसहितका नेताहरू संसद पुनःस्थापनाभन्दा पनि नयाँ जनमतका लागि निर्वाचनमा जानुपर्ने पक्षमा रहेको नेताहरूले बताएका छन् । ठाकुरसहितका नेताहरू आन्दोलनको विपक्षमा छन् ।

माओवादी छाडेर विभिन्न दलबदलसहित जसपामा पुगेका बाबुरामले आफूलाई केन्द्रित गरेर राजनीति गर्न खोजेका छन् । बाबुरामका कारण जसपाभित्र सबैभन्दै ठूलो समस्या भएको छ ।

उपेन्द्रले पूर्व राजपाका नेता कार्यकर्ताहरूलाई पेल्दै आएका छन् । आफ्नो समाजवादी पार्टी निकटका नेताहरूलाई प्राथमिकतामा राखेर गतिविधि गरेपछि जसपामा विवाद भएको छ ।

पछिल्लो उदाहरण सिहारमा भएको छ । उपेन्द्रले राजकिशोर यादवलाई रेणु यादवसहितका नेताहरूभन्दा तल राखेपछि कार्यक्रम बिथोलिने अवस्थामा पुगेको थियो ।

जसपाले पार्टीभित्रको फुटलाई लुकाउन सकेको छैन । जसपा कुनै पनि दिन विभाग हुने तयारीका समथ बसेको छ ।

उपेन्द्र र बाबुरामको दमनले उग्ररुप लिएको चचौ जसपाभित्र छ । जसपाबाट एउटा समूहले नयाँ पर्टी गठनको तयारीमा छ । अर्को एउटा सानो समूह प्रधानमन्त्री केपी ओलीको दलमा जाने सम्भावना छ । एउटा समूह ओलीतिर जानेभएपछि उपेन्द्र र बाबुरामलाई ठूलो तनाब भएको छ । उनीहरूले नेताहरूलाई रोक्ने प्रयासहरू गरिरहेका छन् ।

केही दिन अगाडि एउटा अन्तर्वार्तामा नेकपाका नेता महेश बस्नेतले उपेन्द्र–बाबुरामको पार्टीबाट एउटा समूह चोइटिएर आउन लागेको बताएका थिए ।