मम्बई । बलिउड अभिनेता सञ्जय दत्तले पत्नी मान्यतालाई १०० करोड भारू बराबरको उपहार दिएका थिए । मान्यताले उक्त उपहार फिर्ता गरेकी छिन् ।
सञ्जयले मान्यतालाई मुम्बई सहर केन्द्रभन्दा परका चार वटा फ्ल्याट उपहार दिएका थिए । एक साता नबित्दै मान्यताले सञ्जयको उपहार फिर्ता गरेको समाचारमा उल्लेख छ ।
सञ्जयले मान्यतालाई दिएका फ्ल्याटहरू भएको दुई अपार्टमेन्ट पाली हिलको इम्पेरियल भवन, बान्द्रामा पर्छ जहाँ धनी सेलेब्रेटीहरू बस्छन् ।
सरकारी मूल्यांकनमा २६ करोड भारू जति देखाए पनि उक्त फ्ल्याटका बजार भाउ भारू सय करोड नाघेको छ ।
सञ्जयले डिसेम्बर २३ मै ती फ्ल्याट मान्यतालाई उपहार दिएका थिए । मान्यताले डिसेम्बर २९ मा सो उपहार फिर्ता गरेकी थिइन् ।
परिवारका सदस्यलाई उपहार दिनु ठूलो कुरा होइन । सञ्जयले मान्यतालाई चार–चार वटा फ्ल्याट उपहार कर कम गर्न दिएको हुन सक्ने अनुमान विज्ञहरूको छ ।















प्रतिक्रिया