६ मंसिर २०८३, आइतबार

चालक अनुमति पत्र लिन निवेदन दिनेको संख्या ठूलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाखभन्दा धेरै भएको छ ।

यातायात व्यवस्था कार्यालयहरूमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

कोरोनाका कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढेको छ ।

सेवाग्राहीले २४ घण्टा नै र हप्तामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।