४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।

यस्तै आज आइतबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार १ हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३१० रुपैयाँ कायम भएको छ ।