
काठमाडौं, २५ माघ । यूएईमा भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै वारिवर्सले उपाधि जितेको हो । आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२ रन बनाए । रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे । बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १(१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो । बुल्सका मोहमद नाभीले २१ रन बनाए । रहमानउल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए ।















प्रतिक्रिया