४ कार्तिक २०८३, बुधबार

आजको मौसम पूर्वानुमान, कस्तो छ देशभरको मौसमी अवस्था ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आज आइतबार बिहान देशका धेरै भूभागको मौसमको अवस्था सामान्य रहेको छ भने प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको बताएको छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने बताइएको छ ।